परिचय

हजारौं बर्षदेखि जातीय भेदभाव, अन्याय र उत्पीडनमा बाँच्न बाध्य पारिएका दलित सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक रुपले पछाडि परेका छन् । जसका कारण शिक्षा, स्वास्थ्य र आमसञ्चारमा उनीहरुको पहुँच पुग्न सकेको छैन । एकता फाउण्डेशन नेपाल यिनै उत्पीडित तथा सिमान्तकृत दलित एवं उत्पीडित समुदायको शिक्षा, स्वास्थ्य, आमसञ्चार र न्यायमा पहूँचवृद्धिको लागि २०६३ साल माघ १ गते जि.प्र.का. काठमाठडौंमा विधिवत् दर्ता भई सञ्चालनमा आएको एक गैरसरकारी संस्था हो । यसले समाज कल्याण परिषद र आन्तरिक राजश्व कार्यालयसंग आबद्धता प्रमाणपत्र पनि लिइसकेको छ । यो संस्था तीनै उत्पीडित एवं सिमान्तकृत दलित समुदायका क्रियाशिल युवा तथा सञ्चारकर्मीहरुको साझा प्रयासमा स्थापना भएको हो ।

यस संस्थाले स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुसारका विभिन्न प्रभावकारी एवं सृजनात्मक कार्यक्रम सम्पन्न गर्दै दलित आन्दोलनमा समेत सक्रिय सहभागिता देखाउदै अघि बढिरहेको छ । जसका कारण छोटो समयमै लोकप्रियता हासिल गरेको छ ।

About Us
mission

परिकल्पना

समतामूलक समाजको निर्माण गर्ने ।

mission

ध्येय

जातीय, वर्गीय, क्षेत्रीय असमानता, उत्पीडन, अन्याय र बिभेद हटाउन, न्यायमा पहुँच गराउन सञ्चारसक्रियता देखाउदै उत्पीडित जाति तथा वर्गको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा हक–अधिकार स्थापितगर्न समर्पित रहनेछ ।

mission

लक्ष्य

दलित, पिछडा वर्ग, वहिष्कृत तथा सिमान्तकृत समुदायको शिक्षा, स्वास्थ्य र न्यायमा पहुँचवृद्धि गरी जातीय विभेदरहित, न्यायपूर्ण, सभ्य र शान्त नेपाल निर्माण गर्ने एकता फाउण्डेशन नेपालको प्रमुख लक्ष्य रहने छ ।

संस्थाको उद्देश्य :

  • जातिय छुवाछुत, अन्धविश्वास, कुरीति, कुसस्कार र त्यससँग सम्बन्धीत मानव अधिकार हनन्का घटनाहरुलाई छापा तथा विद्युतीय सञ्चार माध्यमबाट उजागर गर्ने ।
  • दलित, पिछडा वर्ग, वहिष्कृत तथा सिमान्तकृत समुदायको भेदभाववाट सृजित घटनाको अनुगमन, बहस, पैरबी गर्ने र न्यायमा पहुँच गराउन सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
  • शिक्षा र स्वास्थ्य र आम सञ्चारमा पहुँचवृद्धिका विभिन्न कार्यक्रमहरु गर्ने ।
  • दलित, वहिष्कृत र पिछडिएका समुदायको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दिगो विकासका लागि अध्ययन, अनुसन्धान, मध्यस्थता र प्रतिनिधित्व गर्ने ।
  • शान्ति र सामाजिक सद्भावका लागि सचेतना अभियान सञ्चालन गर्ने ।

संस्थाको लक्षित समुदाय :

  • जातिय, लैगिक एव अन्धविश्वसका कारण विकासको मुल प्रबाहबाट राज्यद्धारा पछाडि पारिएको वहिष्कृत, पिछडा वर्ग तथा दलित समुदाय ।

संस्थाद्धारा सञ्चालित कार्यक्रमहरु

सस्थाले वालविकास, किशोरी शिक्षा, महिला हिंसा, रेडियो कार्यक्रम, कानूनी साक्षरता लगायतका कार्य गरेको छ ।

  • विस २०६६ साल अघिदेखि एकता फाउण्डेशन नेपालले न्याय र समानताका लागि रेडियो कार्यक्रम नयाँ नेपालमा हाम्रा कुरा २०७० सम्म सन्चालन गरेको । कार्यक्रममा दलित सवालमा हप्ताभरी भएरगरेका समाचार, विशेष सान्दर्भिक सवालमा अन्र्तवार्ता, फिचर, रिपोर्ट र रेडियो नाटक श्रृखला ठुला चौपारी प्रसारण गरिन्छ । शान्ति र पुनर्मिलनको सन्देश नाटक मार्फत प्रशारण गरेको ।
  • काठमाडौंमा सिलाई मजदुरका बालबालिकालाई निःशूल्क बाल बिहानी कक्षा सञ्चालन गरिेको ।
  • काठमाडौ महानगरपालिकाका दलित जनप्रतिनीधि लक्षित सशक्तिकरण कार्यक्रम युनेश्को कार्यालय काठमाडौको सहयोगमा मिति २०७६ वैशाख २२–२३ ललितपुरमा सम्पन्न गरेको ।
  • वाल विकासमा अभिभावकको भूमिका विषयक कार्यक्रम कामपा वडा ५ को सहयोगमा २०७५ जेठ १२ मा कार्यक्रम सम्पन्न गरेको ।
  • वडा स्तरिय कानूनी साक्षरता कार्यक्रम कमपा १२ को सहयोगमा २०७५ फागुन २५ रु २६ गते सम्पन्न गरेको ।
  • दलित समुदायको गरिवी र गरिवी निवारण कार्यक्रम गरिवी निवारण कोषको सहयोगमा २०६९ मंसिर २६ मा सि डव्लु होटेल कमलादीमा सम्पन्न गरेको ।
  • दलित समुदायले राज्यवाट पाएका सेवा सुविधा र पाउने प्रकृयाको वारेमा केयर नेपालको सहयोगमा २०६७ साल भदौ ३ मा अध्ययन कार्य सम्पन्न गरेको ।
  • महिला हिंसा विरुद्द कविता लेखन तथा वाचन कार्यक्रम २०७० माघ १४, १५ र १६ गते सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रम सम्पन्न गरेको ।
  • २०६३ मा भएको वादी जातिको अधिकारका लागि गरिएका्े आन्दोलनमा सक्रिय सहभागिता देखाएको ।
  • २०६३ साल असार २ र ३ मा सम्पन्न भएको दलित नागरिक सम्मेलनमा आयोजक रही त्यस पश्चात् सञ्चालित दलित नागरिक आन्दोलन र अन्य दलितका अधिकारमुखी आन्दोलनमा सत्रिलय सहभागि रहदै आएको छ ।

पदाधिकारीहरु

 

कार्यकारी समिति सल्लाहाकार समिति
रामहरि शाही समुन्द्री–अध्यक्ष लालकाजी गुरुङ
रामलाल विश्वकर्मा –उपाध्यक्ष सरद गहतराज
शंकर कोइराला–महासचिव
मधु शाही.–सचिव
शान्ति वि.क.–कोषाध्यक्ष
सुनिता गौतम –सदस्य
मुना विश्वकर्मा – सदस्य