परिचय
हजारौं बर्षदेखि जातीय भेदभाव, अन्याय र उत्पीडनमा बाँच्न बाध्य पारिएका दलित सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक रुपले पछाडि परेका छन् । जसका कारण शिक्षा, स्वास्थ्य र आमसञ्चारमा उनीहरुको पहुँच पुग्न सकेको छैन । एकता फाउण्डेशन नेपाल यिनै उत्पीडित तथा सिमान्तकृत दलित एवं उत्पीडित समुदायको शिक्षा, स्वास्थ्य, आमसञ्चार र न्यायमा पहूँचवृद्धिको लागि २०६३ साल माघ १ गते जि.प्र.का. काठमाठडौंमा विधिवत् दर्ता भई सञ्चालनमा आएको एक गैरसरकारी संस्था हो ।
परिकल्पना
समतामूलक समाजको निर्माण गर्ने ।
ध्येय
जातीय, वर्गीय, क्षेत्रीय असमानता, उत्पीडन, अन्याय र बिभेद हटाउन, न्यायमा पहुँच गराउन सञ्चारसक्रियता देखाउदै उत्पीडित जाति तथा वर्गको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा हक–अधिकार स्थापितगर्न समर्पित रहनेछ ।
लक्ष्य
दलित, पिछडा वर्ग, वहिष्कृत तथा सिमान्तकृत समुदायको शिक्षा, स्वास्थ्य र न्यायमा पहुँचवृद्धि गरी जातीय विभेदरहित, न्यायपूर्ण, सभ्य र शान्त नेपाल निर्माण गर्ने एकता फाउण्डेशन नेपालको प्रमुख लक्ष्य रहने छ ।
